समाचार
संछिप्त परिचय
नेपालको सदुरपुर्वमा रहेको पाँचथर जिल्ला संघीय गणतान्त्रिक संसदिय प्रणालीको नयाँ संरचना अनुसार कोशी प्रदेश अन्तर्गत पर्दछ । अन्य जिल्ला भन्दा फरक पहिचान बोकेको यस जिल्लाइ एक नगर पालिका र ७ गाँउपालिकामा विभाजन गरिएको छ । एक मात्र फिदिम नगरपालिकामा जिल्लाको सदरमुकाम रहेको छ। यो नगरपालिका समुद्र सतहबाट १३८० फिट फिदिम-४ माझिटार देखि १०७३७ फिट लुङरुपाको छिन्तापुडाँडा उचाइमा अवस्थित छ । पुरानो संरचनाका आठ वटा गाउँ विकास समितिलाइ मिलाएर पुनसंरचना गरिएको यसको क्षेत्रफल १९२.५० वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार महिला २४८१६ र पुरुष २३६७९ गरी जम्मा ४८,४९५ जनसंख्या रहेको छ ।
प्रचीन समयमा पल्लो किराँतको नामले चिनिएको याे जिल्ला लिम्बुवान क्षेत्रको केन्द्रका रुममा रहेको थियो । उस जिल्लाको सदरमुकाम फिदिम (फेदेन) मा दश लिम्बुवान क्षेत्रका राजाहरुले संयुत्त सभा गरी सामुहिक रुपले महत्वपुर्ण विषयहरु यहाँ स्थित आम्बेपाजो भन्ने तिर्थ स्थलमा चुम्लुङ द्धारा निर्णय गर्ने परम्परा रहेको देखिन्छ । यस जिल्लाको नामाकरणका बारेमा स्पष्ट आधार नभेटिए पनि जनश्रुतीलाइ नामाकरण आधार मानिदै आएको छ।पान्थरुको अर्थ कुरा थामेको र थुमको अर्थ इलाका/किल्ला भन्ने हुन्छ । यसै शब्दार्थका आधारमा नेपाल एकीकरण पश्चात यहाँका चलिआएका धर्म संस्कृति र रितिरिवाजका बारेमा फेदेनमा चुम्लुङ बसी गरिएका निर्णय नेपाल सरकारमा पेश हुँदा तत्कालीन राजाले त्यसलाइ स्वीकृति दिएको हुँदा लिम्बुवानको रितिरिवाज सम्बन्धी कुरामिलेको हुँदा यस क्षेत्रको नाम पान्थरु रहेको र पछि प्रयोग गर्दै जाँदा अपभ्रंश भइ पाँचथर भएको पाइन्छ । अर्को तर्फ इस्वी सम्वत ५५० ताका किराँत इतिहासको वर्णन गर्ने क्रममा पान्थरु शब्दको प्रयोग गरेको पाइन्छ । यसरी नै फिदिम भन्ने शब्द लिम्बू भाषाको " फेदेन " शब्दलाइ प्रयाेग गराइको अपभ्रंशबाट रुपान्तरित भइ फिदिम भएको पाइन्छ ।
स्थानीय तह
Pages
सेवाहरु


नगर सभाबाट उत्त आयोजना बार्षिक योजनामा परेको प्रमाण *उपभोत्त भेलाको निर्णयको प्रतिलिपी *नियमानुसार उपभोत्ता समिति गठन भएको विवरण तथा उपभोत्ता समितिको पदाधिकारीको नागरिक्ता सहितको वडा कार्यालयको सिफारिस *स्वीकृत योजनाको लागत अनुगमन *सम्झौताको लागि निवेदन पत्र


*उपभोत्ता समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपी *सम्बन्धित पदाधिकारीहरुको नागरिक्ता तथा फोटो सहितको नमुना दस्तखत कार्ड * निवेदन *योजना सम्झौंता


*कार्य सम्पन्न प्रतिवेदन *सार्वजनिक परिक्षण *वडा कार्यालयको सम्पन्नको सिफारिस *उपभोत्ता समितिको भेलाको निर्णय *अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि


*कार्यसम्पन्न प्रतिवेदन *नापी कितावब *खर्चको विलभरपार्इ *उपभोत्ता समितिले आम भेलामा खर्च सार्वजानिक गरेको प्रमाण *फछचौटको निर्णयको प्रतिलिपी *योजनाको कार्यालयको सिफारिस *सार्वजानिक परिक्षण प्रतिवेदन *अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपी