संछिप्त परिचय

नेपालको सदुरपुर्वमा रहेको पाँचथर जिल्ला संघीय गणतान्त्रिक संसदिय प्रणालीको नयाँ संरचना अनुसार प्रदेश नं.१ अन्तर्गत पर्दछ । अन्य जिल्ला भन्दा फरक पहिचान बोकेको यस जिल्लाइ एक नगर पालिका र ७ गाँउपालिकामा विभाजन गरिएको छ । एक मात्र फिदिम नगरपालिकामा जिल्लाको सदरमुकाम रहेको छ। यो नगरपालिका समुद्र सतहबाट १३८० फिट फिदिम-४ माझिटार देखि १०७३७ फिट लुङरुपाको छिन्तापुडाँडा उचाइमा अवस्थित छ । पुरानो संरचनाका आठ वटा गाउँ विकास समितिलाइ मिलाएर पुनसंरचना गरिएको यसको क्षेत्रफल १९२.५० वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०३८ अनुसार महिला २३१६७ पुरुष गरी जम्मा ४९२०१ जनसंख्या रहेको छ ।