FAQs Complain Problems

Welcome to Phidim Municipality

हाम्रो फिदिम बजार

Read More

फिदिम खेल मैदान

Read More

फिदिम नगरपालिकामा रहेको बि पि पार्क

Read More

संछिप्त परिचय

नेपालको सदुरपुर्वमा रहेको पाँचथर जिल्ला संघीय गणतान्त्रिक संसदिय प्रणालीको नयाँ संरचना अनुसार कोशी प्रदेश अन्तर्गत पर्दछ । अन्य जिल्ला भन्दा फरक पहिचान बोकेको यस जिल्लाइ एक नगर पालिका र ७ गाँउपालिकामा विभाजन गरिएको छ । एक मात्र फिदिम नगरपालिकामा जिल्लाको सदरमुकाम रहेको छ। यो नगरपालिका समुद्र सतहबाट १३८० फिट फिदिम-४ माझिटार देखि १०७३७ फिट लुङरुपाको छिन्तापुडाँडा उचाइमा अवस्थित छ । पुरानो संरचनाका आठ वटा गाउँ विकास समितिलाइ मिलाएर पुनसंरचना गरिएको यसको क्षेत्रफल १९२.५० वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार महिला २४८१६ र पुरुष २३६७९ गरी जम्मा ४८,४९५ जनसंख्या रहेको छ ।

प्रचीन समयमा पल्लो किराँतको नामले चिनिएको याे जिल्ला लिम्बुवान क्षेत्रको केन्द्रका रुममा रहेको थियो । उस जिल्लाको सदरमुकाम फिदिम (फेदेन) मा दश लिम्बुवान क्षेत्रका राजाहरुले संयुत्त सभा गरी सामुहिक रुपले महत्वपुर्ण विषयहरु यहाँ स्थित आम्बेपाजो भन्ने तिर्थ स्थलमा चुम्लुङ द्धारा निर्णय गर्ने परम्परा रहेको देखिन्छ । यस जिल्लाको नामाकरणका बारेमा स्पष्ट आधार नभेटिए पनि जनश्रुतीलाइ नामाकरण आधार मानिदै आएको छ।पान्थरुको अर्थ कुरा थामेको र थुमको अर्थ इलाका/किल्ला भन्ने हुन्छ । यसै शब्दार्थका आधारमा नेपाल एकीकरण पश्चात यहाँका चलिआएका धर्म संस्कृति र रितिरिवाजका बारेमा  फेदेनमा चुम्लुङ बसी गरिएका निर्णय नेपाल सरकारमा पेश हुँदा तत्कालीन राजाले त्यसलाइ स्वीकृति दिएको हुँदा लिम्बुवानको रितिरिवाज सम्बन्धी कुरामिलेको हुँदा यस क्षेत्रको नाम पान्थरु रहेको र पछि प्रयोग गर्दै जाँदा अपभ्रंश भइ पाँचथर भएको पाइन्छ । अर्को तर्फ इस्वी सम्वत ५५० ताका किराँत इतिहासको वर्णन गर्ने क्रममा पान्थरु शब्दको प्रयोग गरेको पाइन्छ । यसरी नै फिदिम भन्ने शब्द लिम्बू भाषाको " फेदेन " शब्दलाइ प्रयाेग गराइको अपभ्रंशबाट रुपान्तरित भइ फिदिम भएको पाइन्छ ।

 

 

स्थानीय तह

Pages

सूचना तथा समाचार

पदाधिकारी

मित्र प्रसाद काफ्ले
नगर प्रमुख
9852623107
राधा कृष्ण न्यौपाने
उप– प्रमुख
9852623108/9852681467

कर्मचारी

कुमार प्रसाद भट्टराई
प्रमुख प्रशासकीय अधिकृत
9852623111
निर्मला दाहाल
अधिकृत आठौँ
nirmaladal@gmail.com
9842670435
शिक्षा युवा तथा खेलकुद शाखा
भुवन कुमार शाही
अधिकृत सातौँ
bs.gov.np@gmail.com
9852691212
प्रशासन,योजना तथा अनुगमन शाखा

सेवाहरु

सेवा प्रकारः- योजना
सेवा समयः- सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत वा योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- फिदिम नगरपालिकाको कार्यालय, फिदिम, पाँचथर
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

नगर सभाबाट उत्त आयोजना बार्षिक योजनामा परेको प्रमाण *उपभोत्त भेलाको निर्णयको प्रतिलिपी *नियमानुसार उपभोत्ता समिति गठन भएको विवरण तथा उपभोत्ता समितिको पदाधिकारीको नागरिक्ता सहितको वडा कार्यालयको सिफारिस  *स्वीकृत योजनाको लागत अनुगमन  *सम्झौताको लागि निवेदन पत्र

सेवा प्रकारः- योजना
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ योजना शाखा प्रमुख /आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- फिदिम नगरपालिकाको कार्यालय, फिदिम, पाँचथर
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

*उपभोत्ता समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपी  *सम्बन्धित पदाधिकारीहरुको नागरिक्ता तथा फोटो सहितको नमुना दस्तखत कार्ड * निवेदन *योजना सम्झौंता

सेवा प्रकारः- योजना
सेवा समयः- योजनाको दुरी र प्रकृति अनुसार ३ देखि १० दिन सम्म
जिम्मेवार अधिकारीः- र्इन्जिनियर /सब-र्इन्जिनियर /लेखापाल
सेवा दिने कार्यालयः- फिदिम नगरपालिकाको कार्यालय, फिदिम, पाँचथर
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

*कार्य सम्पन्न प्रतिवेदन *सार्वजनिक परिक्षण *वडा कार्यालयको सम्पन्नको सिफारिस *उपभोत्ता समितिको भेलाको निर्णय *अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि

सेवा प्रकारः- योजना
सेवा समयः- सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ र्इन्जिनियर /सब-र्इन्जिनियर /लेखापाल
सेवा दिने कार्यालयः- फिदिम नगरपालिकाको कार्यालय, फिदिम, पाँचथर
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

*कार्यसम्पन्न प्रतिवेदन *नापी किताव‍ब *खर्चको विलभरपार्इ *उपभोत्ता समितिले आम भेलामा खर्च सार्वजानिक गरेको प्रमाण *फछचौटको निर्णयको प्रतिलिपी  *योजनाको कार्यालयको सिफारिस  *सार्वजानिक परिक्षण प्रतिवेदन  *अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपी

जानकारी