समाचार
नगर गतिविधी
मिति २०८० श्रावण १३
मिति २०८० श्रावण १३ " ब्यवसाय प्रबर्द्धनका लागी नगरपालिका "कार्यक्रम अन्तरगत फिदिम नगरपालिकाले आर्थिक वर्ष २०७९ / ८० मा नगर क्षेत्र भित्र धान मकै कुटानी पिसानी गर्न अति समस्य भएकोले नगर पालिकाको नगर बिकास कोषबाट इ .बिडिङ मार्फत कम्बाईन राईस मिल खरीद गरी अनुदानमा प्रत्येक वडामा ५ थान गरी जम्मा ७० थान बडाको निर्णय अनुसार बितरण गरियो आफ्नो घर, छर छिमेकीमा मिल सञ्चालन भएपछी समय बचत र सहज रूपमा कुटानी पिसानी हुने भएकोले कम्बाइन राईस मिल वितरण गरीयको हो अति धेरै माग आएकोले आगामी वर्षमा पनि कम्बाईन राईस मिल बितरण गर्ने कार्यक्रम राखिने जानकारी गरिन्छ !
मिति २०८० श्रावण ११
मिति २०८० श्रावण ११ गते फिदिम नगरपालिकाका नगर प्रमुख श्री मित्र प्रसाद काफ्ले ज्यूको अध्यक्षतामा तथा जिल्ला स्थित राजनैतिक दल, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, यातायात व्यवसायिका प्रतिनिधि, पत्रकार लगायत सरोकारवाल समेतको उपस्थितिमा भएको बैठकले फिदिम बजारको यातायात पार्किङ तथा ट्राफिक व्यवस्थापन, अव्यवस्थित कुकुर व्यवस्थापन, पशुहरुमा महामारीका रुपमा रहेका लम्पी स्किन डिजिज रोग नियन्त्रण, देशव्यापी रुपमा फैलिएको डेंगी रोग नियन्त्रण लगायतका विषयमा निम्न अनुसारका निर्णय गरेको छ ।
विद्यालय जाने आउने बालवालिकाको सुरक्षित आवतजावतका लागि विहान ९ः२० देखी १०ः३० बजे सम्म र बेलुका ३ः३० देखी ४ः३० बजे सम्म वजार क्षेत्रको मेची राजमार्ग वाहेक अन्य सम्पुर्ण सहायक राजमार्गहरुमा मालवाहक तथा सवारीका साधन संचालनमा निषेध गर्ने ।
बैंक तथा वित्तिय संस्थाहरुमा सेवा लिन आउने सेवा ग्राहीले सडकमा अव्यवस्थित पार्किङ गर्ने गरेको कारण सडक सुरक्षामा जोखिम बढेको हुँदा बैंक तथा वित्तिय संस्थाहरुले आ-आफ्नो कार्यालय परिसरमा सुव्यवस्थित पार्किङको व्यवस्था मिलाउने ।
फिदिम बजार भित्र ट्रक, टेम्पो लगायतका मालवाहक तथा सवारीका साधनहरुको व्यवस्थित पार्किङ स्थलहरुको प्रवन्ध मिलाउन सम्भावित स्थलहरुको पहिचान गरि वन वे समेतको व्यवस्था मिलाउन सरोकारवाला निकायहरु संगको सहकार्य गर्ने
वाहिरी जिल्ला तथा पालिकाहरुबाट फिदिम भित्रिने मालवाहक तथा सवारीका साधनहरु पल्लोटार स्थित वसपार्कमा अनिबार्य दर्ता गराउने र त्यसको लागि जोरसाल हुँदै कालुराम ग्यारेज सम्मको बाटो प्रयोग गर्नु पर्ने छ
चर्को आवाज निकाल्ने तथा ध्वनि प्रदुसण गर्ने सवारिका साधानहरुको पहिचान गरि सो को नियन्त्रण गर्ने
व्यवस्थित पार्किङका लागि फिदिम मा.बि.को जमिन प्रयोगका लागि आवस्यक समन्वय गर्ने
फिदिम बजार भित्र सार्वजनिक शौचालयका निर्माणका लागि जग्गा प्राप्त गर्न पाँचथर अस्पताललाई अनुरोध गर्ने
फिदिममा रेहका अव्यवस्थित रुपमा रहेका कुकुरहरुलाई नियन्त्रणमा लिई उपयुक्त स्थानमा क्वारेन्टाईन स्थापना गरि यथोचित व्यवस्थापनका लागि सम्वन्धित निकाय संग समन्वय गर्ने ।
लम्पी स्किन डिजिज रोगबाट प्रभावित पशु चौपायाहरुको उपचार तथा नियन्त्रणका लागि भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पाँचथर संग खोप उपकरण तथा औषधि माग / खरिद गरि कृषकहरुको मागका आधारमा फिदिम नगरपालिकामा कार्यरत पशु प्राविधिकहरु खटाउने ।
देश व्यापी रुपमा फैलिएको डंगी संक्रमण नियन्त्रण गर्न लामखुट्टेका लार्भा नस्ट गर्ने तथा चेतनामुलक कार्यक्रम समेत मिति २०८० श्रावण १४ गते बिहान ७/३० बजे शिवालय मन्दिर परिसरबाट सुरु गर्ने सो आभियानमा सहभागी तथा अभियानमा साथ दिन आम वजारवासी सबैमा अनुरोध गर्ने
लगायत समसामयिक बिषयहरुमा निर्णय भएको छ ।