समाचार
संक्षिप्त परिचय
नेपालको पूर्वी भागमा अवस्थित कोशी प्रदेशको पूर्व उत्तरमा रहेको पाँचथर जिल्लाको एक मात्र नगरपालिका फिदिम नगरपालिका मध्यपहाडी र मेची राजमार्गसँग जोडिएको नगरपालिका हो । राष्ट्रिय जनगणना २०७८ अनुसार महिला २४८१६ र पुरुष २३६७९ गरी जम्मा ४८,४९५ जनसंख्या रहेको छ। फिदिम नगरपालिकाको स्थापना मिति २०७१ वैशाख २५ गते भएको थियो । नेपालको संविधान लागु भएपछि २०७४ सालमा राज्यको पुनसंरचनाबाट साविकको नगरपालिकामा लुङरुपा, नाङ्गिन, याङनाम, लुम्फाबुङ र रानिटार गा.वि.स.हरु समावेश भई १४ वडा कायम भएको थियो। फिदिम नगरपालिका दक्षिणमा २७० ०३’ १८.२७” अक्षांशदेखि २७०११’ ०५” उतरी आक्षांशसम्म पश्चिममा र ८७०४१’ १५.०७” देखि ८७०५५’११” पूर्वी देशान्तरमा अवस्थित छ।फिदिम नगरपालिकाको पूर्वमा फालेलुड. गाउँपालिका र इलाम जिल्ला, पश्चिममा कुम्मायक गाउँपालिका र तेहथुम जिल्ला, उत्तरमा हिलिहाड. गाउँपालिका र दक्षिणमा फाल्गुनन्द गाउँपालिका रहेका छन्।नगरपालिका क्षेत्रमा लिम्बु,राई, क्षेत्री, ब्राम्हण, तामाङ, गुरुङ,मगर, सुनुवार,भुजेल, माझी,नेवार,थारु,शेर्पा,राजवंशी, दलित तथा अन्य जातीहरुको बसोबास रहेको पाइन्छ। यसका मुख्य समुदाय ब्राम्हण, क्षेत्री, भुजेल माझी, राई, लिम्बु, नेवार, तामाड, मगर,कामी,सार्की दमाई, थारु, शेर्पा, राजबंशी र अन्य जातीहरुको मुख्य बसोबास रहेको देखिन्छ । मुख्य रुपमा पहाडी र केही उच्च पहाडी भू.भागमा फैलिएको समुन्द्र सतह देखि १३८० फिट देखि १०७३७ फिट उचाई सम्म अवस्थित यस नगरपालिकाको क्षेत्रफल १९२.५० वर्ग किलोमिटर रहेको छ।नगरपालिका वासिन्दाको मुख्य पेशा कृषि र पशुपालन रहेको छ भने प्रमुख नगदेबाली अदुवा, अम्लिसो, चिया, अलैची, स्याउ, सुन्तला, केराउ, आलु, फापर, दलहन , तेलहन, धान, मकै गहुं, रुखकटहर, भूइकटहर, विभिन्न जातको जडिबुटीहरुको खेती गरिनुका साथै गाई भैसी, भेडा, बाख्रा, सुगुर कुखुरा आदि व्यवसायिक र व्यक्तिगतरुपमा पशुपालन गर्दै आएको पाइन्छ।
नगरपालिकाको स्वास्थ्य सुविधाको लागि १६ स्वास्थ्य चौकी, आयुर्वेद औषधालयहरु २ वटा, सामुदायिक विद्यालय ७९, बालविकास केन्द्र ८४, सामुदायिक सिकाई केन्द्र ६ र पशु सेवा केन्द्र ५ रहेका छन् ।जिल्ला अस्पताल लगायत अन्य निजी अस्पताल, २० भन्दा बढी संस्थागत विद्यालय र सामुदायिक क्याम्पस र बिभिन्न बैंक, वित्तीय संस्था आदि नगरपालिकामा अवस्थित छन्।
नगर प्रोफाइल
सेवाहरु


नगर सभाबाट उत्त आयोजना बार्षिक योजनामा परेको प्रमाण *उपभोत्त भेलाको निर्णयको प्रतिलिपी *नियमानुसार उपभोत्ता समिति गठन भएको विवरण तथा उपभोत्ता समितिको पदाधिकारीको नागरिक्ता सहितको वडा कार्यालयको सिफारिस *स्वीकृत योजनाको लागत अनुगमन *सम्झौताको लागि निवेदन पत्र


*उपभोत्ता समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपी *सम्बन्धित पदाधिकारीहरुको नागरिक्ता तथा फोटो सहितको नमुना दस्तखत कार्ड * निवेदन *योजना सम्झौंता


*कार्य सम्पन्न प्रतिवेदन *सार्वजनिक परिक्षण *वडा कार्यालयको सम्पन्नको सिफारिस *उपभोत्ता समितिको भेलाको निर्णय *अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि


*कार्यसम्पन्न प्रतिवेदन *नापी कितावब *खर्चको विलभरपार्इ *उपभोत्ता समितिले आम भेलामा खर्च सार्वजानिक गरेको प्रमाण *फछचौटको निर्णयको प्रतिलिपी *योजनाको कार्यालयको सिफारिस *सार्वजानिक परिक्षण प्रतिवेदन *अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपी