FAQs Complain Problems

फिदिम खेल मैदान

Read More

संक्षिप्त परिचय

नेपालको सदुरपुर्वमा रहेको पाँचथर जिल्ला संघीय गणतान्त्रिक संसदिय प्रणालीको नयाँ संरचना अनुसार कोशी प्रदेश अन्तर्गत पर्दछ । अन्य जिल्ला भन्दा फरक पहिचान बोकेको यस जिल्लाइ एक नगर पालिका र ७ गाँउपालिकामा विभाजन गरिएको छ । एक मात्र फिदिम नगरपालिकामा जिल्लाको सदरमुकाम रहेको छ। यो नगरपालिका समुद्र सतहबाट १३८० फिट फिदिम-४ माझिटार देखि १०७३७ फिट लुङरुपाको छिन्तापुडाँडा उचाइमा अवस्थित छ । पुरानो संरचनाका आठ वटा गाउँ विकास समितिलाइ मिलाएर पुनसंरचना गरिएको यसको क्षेत्रफल १९२.५० वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार महिला २४८१६ र पुरुष २३६७९ गरी जम्मा ४८,४९५ जनसंख्या रहेको छ ।

प्रचीन समयमा पल्लो किराँतको नामले चिनिएको याे जिल्ला लिम्बुवान क्षेत्रको केन्द्रका रुममा रहेको थियो । उस जिल्लाको सदरमुकाम फिदिम (फेदेन) मा दश लिम्बुवान क्षेत्रका राजाहरुले संयुत्त सभा गरी सामुहिक रुपले महत्वपुर्ण विषयहरु यहाँ स्थित आम्बेपाजो भन्ने तिर्थ स्थलमा चुम्लुङ द्धारा निर्णय गर्ने परम्परा रहेको देखिन्छ । यस जिल्लाको नामाकरणका बारेमा स्पष्ट आधार नभेटिए पनि जनश्रुतीलाइ नामाकरण आधार मानिदै आएको छ।पान्थरुको अर्थ कुरा थामेको र थुमको अर्थ इलाका/किल्ला भन्ने हुन्छ । यसै शब्दार्थका आधारमा नेपाल एकीकरण पश्चात यहाँका चलिआएका धर्म संस्कृति र रितिरिवाजका बारेमा  फेदेनमा चुम्लुङ बसी गरिएका निर्णय नेपाल सरकारमा पेश हुँदा तत्कालीन राजाले त्यसलाइ स्वीकृति दिएको हुँदा लिम्बुवानको रितिरिवाज सम्बन्धी कुरामिलेको हुँदा यस क्षेत्रको नाम पान्थरु रहेको र पछि प्रयोग गर्दै जाँदा अपभ्रंश भइ पाँचथर भएको पाइन्छ । अर्को तर्फ इस्वी सम्वत ५५० ताका किराँत इतिहासको वर्णन गर्ने क्रममा पान्थरु शब्दको प्रयोग गरेको पाइन्छ । यसरी नै फिदिम भन्ने शब्द लिम्बू भाषाको " फेदेन " शब्दलाइ प्रयाेग गराइको अपभ्रंशबाट रुपान्तरित भइ फिदिम भएको पाइन्छ ।

 

 

नगर प्रोफाइल

Pages

पदाधिकारी

मित्र प्रसाद काफ्ले
नगर प्रमुख
9852623107
राधा कृष्ण न्यौपाने
उप– प्रमुख
9852623108/9852681467

कर्मचारी

कुमार प्रसाद भट्टराई
प्रमुख प्रशासकीय अधिकृत
phidim.municipality1@gmail.com
9852623111
निर्मला दाहाल
अधिकृत आठौँ
nirmaladal@gmail.com
9842670435
शिक्षा युवा तथा खेलकुद शाखा
भुवन कुमार शाही
अधिकृत सातौँ
suchanaadhikari.phidim@gmail.com
9852691212
प्रशासन,योजना तथा अनुगमन शाखा

जानकारी